आमाको छ माया
जता गयो उतै देख्छु
आमा तिमो छाँया ।
आमाभन्दा ठूलो अरु
यहाँ को नै छर ?
कसलाई भनुँ मनको व्यथा
कसको पर्नु भर।
रसधारा पग्लिदिन्छयौ
अमृतकी खानी
आमा तिमी मनकी देवी
पृथ्वी की रानी ।
मेरो मुटु मेरो होइन
आमाको छ माया
जता गयो उतै देख्छु
आमा तिमो छाँया।